नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्याबको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैङ्कको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिक प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक रवीन्द्र के.सी.ले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने General Pathology test, Molecular Test, Outsourcing Test, USG, ECHO, ECG, X-Ray, PFT, Endoscopy, Colonoscopy, RT-PCR Test, आदी जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
नेपाल बैङ्क र क्रिस्टल डायग्नोस्टिक प्रा.लि. बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
