प्रभु बैङ्कको नाफा ०.६२ प्रतिशतले बढेको छ । आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८१/८२ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ अर्ब ७ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.१६ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात ४.९४ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा र पछिल्लो कारोबार मूल्य रु २५८ को आधारमा मूल्य आम्दानी अनुपात १४.५९ गुणा रहेको छ ।
 
प्रभु बैङ्कको नाफा १ अर्ब ४ करोड रुपैयाँ
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    