राष्ट्रिय वाणिज्य बैङ्कद्वारा ८९ नवनियुक्त कर्मचारीलाई पूर्व सेवा तालिम

राष्ट्रिय वाणिज्य बैङ्कले लोक सेवा आयोगबाट पूर्व सेवा कालिन तालिम काठमाडौँमा सञ्चालन गरिरहेको छ । बैङ्कले सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक (प्रशासन, नगद र सूचना प्रविधि सेवाका) ८३ जना र अधिकृत स्तरका ६ जना गरी जम्मा ८९ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवा कालिन तालिम सञ्चालन गरेको छ ।

तालिमको उद्घाटन गर्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले आफूले सैद्धान्तिक रूपमा सिकेका ज्ञानलाई अब व्यवहारमा उतारी ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न प्रक्रिया पश्चात् बैङ्कले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृष्ट हुने बताउनुभयो ।

कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनुभएको थियो । कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त वरिष्ठ सहायक ८३ जना कर्मचारीहरूलाई बैङ्कको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनुभएको थियो । कार्यक्रम मानव संसाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बैङ्कका उप कार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जि.सी.लगायत कर्मचारीहरूको उपस्थिति रहेको बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x