महालक्ष्मी विकास बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



महालक्ष्मी विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल पौष १ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ६१० औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/८१ को मुनाफाबाट कायम चुक्ता पुँजीको कुल ७ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को  मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने रकम रु. १२ करोड ५१ लाख ३९ हजार ५५८ रुपैयाँ बराबरको बोनस शेयर र ४ प्रतिशतले हुन आउने रकम रु. १६ करोड ६८ लाख ५२ हजार ७४४ रुपैयाँ बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने महालक्ष्मी विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

Click here to view the notice.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x