भाद्र मसान्तसम्ममा व्यापार घाटा २ खर्ब माथि, निर्यातमा ५.१२ प्रतिशतको गिरावट



चालु आर्थिक वर्षको २ महिनासम्मको अवधिमा नेपालले २५ अर्ब ९ करोड बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको दोस्रो महिना भाद्र मसान्तसम्ममा मात्रै २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ५ दशमलव १२ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्मको अवधिमा नेपालबाट कुल २६ अर्ब ४४ करोड रुपैयाँ अधिकको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा नेपालले विभिन्न देशबाट २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ अधिकको वस्तु आयात गरेको छ । यो गत आ.व. को सोही अवधिको तुलनामा १.०८ प्रतिशतको वृद्धि  हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब ५९ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।

यता आयातमा वृद्धि र निर्यातमा गिरावट आउँदा व्यापार घाटा भने १ दशमलव ७८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भाद्र महिनासम्ममा नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ अधिक रहेको थियो ।

यसरी निर्यात व्यापार घटिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा ५.५९ प्रतिशतले गिरावट हुँदै ८.७२ प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९.२४ प्रतिशतमा सीमित रहेको थियो । यता, बढ्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९१.२८ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९०.७६ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा शून्य दशमलव ५७ प्रतिशतको वृद्धि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x