ज्योति विकास बैङ्क लिमिटेडले काठमाडौँस्थित "Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd” मा बैङ्कका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १०% छुट प्राप्त गर्नेछन्। उक्त स्विमिङ पुल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरूको पनि व्यवस्था रहेको छ।
हालै बैङ्कले ललितपुरस्थित "Medex Multispecialty Clinic & Diagnostic Center" मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैङ्कले काठमाडौँस्थित प्रख्यात "Tranquility Spa" का देशभरका १७ वटै आउट लेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैङ्कले Jasmine Fitness Club & Spa मा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Shine Ikhadol Fitness & Recreation Centre Pvt. Ltd.” मा विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
