प्रभु बैङ्क लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैङ्क लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा प्रभु बैङ्क लिमिटेडको तर्फबाट प्रमुख मार्केटिङ अफिसर(CMO) रवीन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको सो सम्झौता अन्तर्गत, प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सो सुविधा दुई वर्ष सम्म उपभोग गर्न पाउनेछन् ।
सो सम्झौता अनुसार प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ । प्रभु बैङ्क द्वारा सो किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरू देशभरका विभिन्न अस्पताल, रेस्टुरेन्ट, होटेल,पार्लर,डिपार्टमेन्टल स्टोरहरू लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी पनि अवगत भएको जनाएको छ ।
स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र सो टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गरी मनोरजंन लिन सकिन्छ ।
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैङ्क लिमिटेडका ग्राहकहरूलाई विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
