आफ्ना ग्राहकलाई सधैँ नवीनतम डिजिटल बैङ्किङ सेवा प्रदान गर्ने नेपाल बैङ्कको ध्येय अनुरूप नेपाल बैङ्कले न्युरोड , धर्म पथ, काठमाडौँमा रहेको आफ्नो मुख्य शाखा काठमाडौँ बैङ्किङ अफिसमा पहिलो नगद निक्षेप मेसिन (Cash Deposit Machine) एक कार्यक्रम माझ उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।
सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै यस बैङ्कले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैङ्किङ सेवा विस्तार गरिँदै लगिने जनाएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।
हाल बैङ्कले आफ्नो २२९ शाखा, ५९ एक्सटेन्सन काउन्टर र २०४ एटिएम काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैङ्क सधैँ कटिबद्ध रहेको छ ।
नेपाल बैङ्क लिमिटेडको नगद निक्षेप मेसिन सञ्चालनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
