नेपाल बैङ्क लिमिटेडले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर/सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु.३० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा “नेपाल बैङ्क लिमिटेड शैक्षिक छात्रवृत्ति” कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैङ्क लिमिटेड र नेपाल प्रहरी बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल बैङ्क लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले रु.३० लाख रकमको चेक प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालज्यूलाई हस्तान्तरण गर्नुभयो ।
नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरज्यूले बैङ्कप्रति आभार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयज्यूले प्रहरी सङ्गठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
 
नेपाल प्रहरीको सहकार्यमा नेपाल बैङ्क लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    