नबिल बैङ्कको नाफा ६.२८ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को दोस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात घटेर १.२ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ४ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ४ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २७ अर्ब १६ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रति शेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा छ भने प्रति शेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा र पछिल्लो कारोबार मूल्य रु ४९८ को आधारमा मूल्य आम्दानी अनुपात २०.९७ गुणा रहेको छ ।
नबिल बैङ्कको खुद ब्याज आम्दानीमा ५.२४ प्रतिशतको वृद्धि, प्रति शेयर आम्दानी कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
