उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले खास गरी राष्ट्रिय गौरवका आयोजना र अरू रणनीतिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
मूल रूपमा यतिखेर बजेट कार्यान्वयनका जटिलता पहिल्याएर सरकार त्यसलाई कार्यान्वयन गर्ने योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले अहिले लगानीमैत्री वातावरण बनाउन नीतिगत रूपमा त्यसको निरूपण गरिएको र त्यो सम्भावना प्रचुर रहेको बताउनुभयो ।
“मैलै सम्हालेको मन्त्रालयमा पनि थुप्रै लगानीकर्तासँग निरन्तर रूपमा छलफल पनि भएको छ र लगानी सम्मेलनले त्यो खालको सम्भावनाको ढोका खोलेको छ”, उहाँले भन्नुभयो, “अब सरकारले नीतिगत रूपमा रहेका जटिलतालाई हटाउँदै जाने हो भने आन्तरिक तथा बाह्य लगानीका क्षेत्र विस्तार हुनेछन् ।”
उहाँले नेपालको जनशक्ति पलायन हुने समस्या समाधानका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रको उद्यमशीलतामा विशेषतः युवालाई सहभागी गराइने बताउनुभयो । मूलतः कृषि, पर्यटन, आइटी क्षेत्र, उद्यमशीलता, स्वास्थ्य, शिक्षालाई विशेषतः सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताउनुभयो ।
चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने : मन्त्री भण्डारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%