अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २१९.३३ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ०२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्त १ करोड २१ लाख रुपैयाँ घाटामा गएको देखिन्छ ।
२५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ करोड ३३ लाख निक्षेप सङ्कलन गरी १ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १ अर्ब ४९ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड १९ लाख रुपैयाँ रहेको छ ।
अभियान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.२६ प्रतिशतले घटेर ३ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.६१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नोक्सानी ६ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७८ पैसा छ ।
अभियान लघुवित्तको नोक्सानी १ करोड २१ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
