नेपाल बैङ्कको नाफा १६.७० प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.८५ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने ६८ करोड १५ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्कले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २० अर्ब ९१ करोड रुपैयाँ र सञ्चित मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेर ९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा नेपाल बैङ्कले आफ्ना शेयरधनिहरूलाई ६.६२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी २३ रुपैयाँ २२ पैसा छ भने प्रति शेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा र पछिल्लो कारोबार मूल्य रु २५७.९० को आधारमा मूल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ ।
नेपाल बैङ्कको नाफामा वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
