नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बीमालेखलाई कोडिङ नम्बर दिने कार्य ‘बीमालेख कोडिङ्ग’ को सोमबार काठमाडौँमा शुभारम्भ गर्नुभएको छ ।
बीमालेख कोडिङको कार्यान्वयन बाट प्रत्येक बीमालेखको छुट्टाछुट्टै कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने, प्राधिकरण र बीमा कम्पनीका वेबसाइटबाट कोड नम्बरका आधारमा बीमालेखबारे समग्र जानकारी प्राप्त गर्न सकिने सुविधाहरू प्राप्त हुनेछन् ।
कार्यक्रममा जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमालेख शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।
बीमालेख कोडिङको शुभारम्भ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
