ग्लोबल आइएमई बैङ्कका उपमहाप्रबन्धक (DGM) दीप चन्द्र रेग्मी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त हुनुभएको छ । बैङ्कमा लामो अनुभव सँगाल्नु भएका रेग्मीले अब क्यापिटललाई नेतृत्व गर्दै यसको निरन्तर सफलता र वृद्धिमा योगदान दिने विश्वास गरिएको छ।
रेग्मीसँग १७ वर्षभन्दा बढीको बैङ्किङ अनुभव रहेको छ। उहाँले आफ्नो करियर स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालबाट सुरु गर्नुभएको हो । सन् २००९ मा ग्लोबल आइएमई बैङ्कमा प्रवेश गरेपछि उहाँले सिनियर रिलेसनसिप म्यानेजर, हेड अफ ट्रेड फाइनान्स र प्रमुख वित्तीय अधिकृत (CFO) लगायतका उच्च पदमा रहेर योगदान दिनुभएको छ।
वर्तमानमा रेग्मी ग्लोबल आइएमई बैङ्कमा मुख्य ऋण अधिकृत (Chief Lending Officer) का रूपमा कर्पोरेट क्रेडिट व्यापार, पूर्वाधार परियोजना वित्त (Infrastructure Project Financing - IPF) र मानव संसाधन सुपरिवेक्षण (HR Oversight) को नेतृत्व गरिरहनु भएको छ। अब उहाँले ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नु हुनेछ।
रेग्मीले थाइल्यान्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बाट मास्टर डिग्री (MBA)गर्नुभएको छ। व्यवस्थापन, वित्त र बैङ्किङ क्षेत्रको गहिरो अनुभवका साथ उहाँको नेतृत्वमा ग्लोबल आइएमई क्यापिटलले थप सफलता प्राप्त गर्ने विश्वास गरिएको छ।
ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दीप चन्द्र रेग्मी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    