देशकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्याली निकालिएको छ ।
ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिवार सदरमुकाम फुङलिङमा निकालिएको र्यालीमा सयौँ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहेको थियो ।
‘वृहत् नागरिक सद्भाव र्याली’ लेखिएको वानरसहितको उक्त र्यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो ।
र्यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए ।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केबलकार निर्माणले ठुलो टेवा पुराउने हुँदा सो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ ।
यसै गरी, युमा साम्यो अभियन्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केबलकार बन्नुपर्ने बताउनुभयो ।
यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मिना गुरुङले केबलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गर्नुभयो ।
पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत् र्याली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en