पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्धि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।
बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले राससलाई जानकारी दिनुभयो । दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । दसैँमा दैनिक सात सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए ।
विशेष गरी युरोपेली मुलुक, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् । बाह्य पर्यटक दिनमा चार सयदेखि पाँच सयसम्म आउने गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकका लागि होटेल व्यवसायीले आकर्षक कार्यक्रम नबनाए पनि आन्तरिक पर्यटकका लागि १० देखि १५ प्रतिशतसम्म छुट दिने गरिएको छ ।
कुनै बेला व्यापारिक केन्द्र बनेको बन्दीपुर विसं २०२५ मा सदरमुकाम दमौलीमा सरेपछि व्यापारी पनि दमौली, आँबुखैरेनी र नारायणगढतिर गएका कारण यो स्थल प्रायः सुनसान भएको थियो ।
पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en