पाहाडकी रानी पर्यटकीय ग्राम बन्दीपुर जाने केबलकारको बटम स्टेसनमा अत्यन्तै सुन्दर पर्यटकीय बगैँचाको बिचमा रैथाने खानपिनको खास अनुभूति भन्ने नारा सहित स्थानीय रैथाने खानाका परिकारहरू पस्कने गरी “घुमाउने घर” २०८२ वैशाख १ गते देखि सञ्चालनमा आउने भएको छ | मुख्य गरी मगर संस्कृतिलाई प्रवर्द्धन गर्ने गरी मगर भेसभुसा, रहनसहन र परिकारहरूमा केन्द्रित गर्दै सेवा सुरु गरिन लागेको छ | साथै नेवारी र अन्य रैथाने खाना र पेय पदार्थहरू समेत उपलब्ध गराउने “घुमाउने घर” रेस्टुरेन्टका व्यवस्थापक माया थापा मगरले बताउनु भयो |
बन्दीपुर घुम्न आउने र पृथ्वी राजमार्गमा यात्रा गर्ने स्थानीय खानाका पारखीहरूलाई सुपथ मूल्यमा सेवा र सुविधाहरू पस्कने “घुमाउने घरले” जनाएको छ | साथै आकर्षक घुमाउने घर, परम्परागत घरहरू र कटेजहरुले सुन्दर रूपमा खाना बजारको झल्को दिने गरी सजावट गरिएको छ | घुमाउने घर वैशाख १ गते बाट शुभारम्भ भए पनि औपचारिक रूपमा भने वैशाख ६ गते उद्घाटन गरिने व्यवस्थापनले जनाएको छ | रैथाने खाना बजार बनाउनको लागी बन्दीपुर केबलकार सँग यस पुर्वनै पूर्वाधार र ठाउँ भाडाको सम्झौता गरी यो रैथाने रेस्टुरेन्ट “घुमाउने घर” सञ्चालनमा आउन लागेको हो |
बन्दीपुरमा वैशाख १ देखि रैथाने खानाको बजार “घुमाउने घर” सञ्चालनमा आउने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    