माछापुच्छ्रे बैंकको नाफा २०.१८ प्रतिशतले बढेको छ । आ.व. २०७९/८० को पहिलो त्रैमास सम्ममा बैङ्कले ४५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैङ्कले ५४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.५६ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज घटेर भई १ करोड २२ लाख रुपैयाँ पुगेको छ । ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैङ्कले १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ९१ करोड रुपैयाँ र सञ्चित मुनाफा २ करोड ८५ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा र पछिल्लो कारोबार मूल्य रु १९९.५० को आधारमा मूल्य आम्दानी अनुपात १०.६९ गुणा रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफामा २०.१८ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
