माछापुच्छ्रे बैङ्कको नाफा २१.४५ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को दोस्रो त्रैमास सम्ममा बैङ्कले ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.६२ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज घटेर २३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैङ्कले १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । त्यस्तै सञ्चित मुनाफा भने २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ र पछिल्लो कारोबार मूल्य रु २०४ को आधारमा मूल्य आम्दानी अनुपात १४.७१ गुणा रहेको छ ।
माछापुच्छ्रे बैङ्कको नाफामा २१.४५ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
