नेपाल भ्रमणमा रहनुभएका श्रीलङ्काका परराष्ट्र मन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरि पुग्नुभएको छ ।
आज अपराह्न चन्द्रागिरि पुग्नुभएका परराष्ट्र मन्त्री साब्रीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुभएको थियो ।
साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।
चन्द्रागिरि हिल्सका निमित्त महाप्रबन्धक श्याम तुण्डकारका अनुसार परराष्ट्र मन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित हुनुभएका विदेश मन्त्री साब्री विभिन्न स्थानमा सेल्फी खिच्दै रमाउनुभएको थियो ।
चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महत्त्वपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रूपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पुग्नुभएको छ ।
यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुग्नुभएको थियो । विदेश मन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गर्नुभएको थियो ।
श्रीलङ्काका परराष्ट्र मन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीबाट चन्द्रागिरिको भ्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en