तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन लागेको हो ।
नवप्रवर्तन कार्यक्रमका लागि प्रदेश सरकारसँग सम्झौता भएपछि निर्माण कार्य अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाँडै नै बोलपत्र आह्वान गर्ने तयारी छ ।” मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणा पत्र पेस गरेपछि दुवै पक्षबिच सम्झौता भएको अध्यक्ष थापाले बताउनुभयो ।
सिद्धगुफाको विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत कूल लागत रु एक करोड चार लाख रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले रु ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले रु २८ लाख ९५ हजार लगानी गर्नेछ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका एक सय नयाँ पर्यटकीय स्थलमध्ये सिद्धगुफा पनि एक हो । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६ सय मिटरमाथि विमलनगरको दक्षिणी भागमा पर्दछ ।
विसं २०४४ मा उक्त गुफा पत्ता लागेको हो । सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्त्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाका पैसा, माटोको घैँटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, टेराकोटाको शुल्पालगायत वस्तु त्यहाँ भेटिएका थिए । झन्डै आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका विभिन्न आकृति भेटिन्छन् ।
सिद्धगुफामा पर्यटकीय पूर्वाधार बनाइँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en