आइएमई ग्रुपको लगानीमा गैँडाकोटको मौलाकालीमा इला होटेल सञ्चालनमा, पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

आज आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटेलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमुनाको रूपमा मौलाकाली केबलकार विकास भएको बताउनुभयो ।

उहाँले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमुनाको रूपमा मौलाकाली केबलकार तथा यो पर्यटन पूर्वाधार रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले यस मोडललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले संस्कृति, पर्यटन तथा हवाई नीति छिटै परिमार्जन गर्ने बताउँदै यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाएमा थप लगानी गर्ने बताउनुभयो ।

“उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठुलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरूले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,” उहाँले भन्नुभयो ।

उहाँले लगानीको वातावरण बनाउने काम सबै तहका सरकारको रहेको र लगानीको मौखिक आह्वान नभई निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार मानेर ठोस र व्यवहारिक नीतिमार्फत अर्थपूर्ण सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

“मौखिक रूपमा गरिने आह्वानहरूले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रूपमा सहजीकरण गर्नुपर्छ । सबै स्थानीय तहहरूले दीर्घकाललाई लक्षित गरी पर्यटकीय संरचनाहरू बनाउन जरुरी छ । म पुनः दोहोर्‍याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।”

उहाँले पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिने बताउँदै उहाँले पर्यटन पूर्वाधारको लगानीले तत्काल प्रतिफल दिने समेत बताउनुभयो ।

“हामीले पर्यटन पूर्वाधारमा लगानी गर्ने हो भने पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ,” उहाँले भन्नुभयो ।

यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ, गरिबी घटाउने छ, मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र समृद्धि आउने छ, अध्यक्ष ढकालले भन्नुभयो ।

“त्यसैले म फेरि पनि भन्छु, सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले सङ्घीय तथा स्थानीय सरकारहरूलाई मेरो यो आग्रह तथा सुझाव छ,” उहाँले भन्नुभयो ।

गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैँडाकोटमा ठुला ठुला पर्यटन पूर्वाधार बनेकोमा खुसी व्यक्त गर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका पूर्व मेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधारको विकासले स्थानीय स्तरमा आर्थिक गतिविधि बढेको उल्लेख गर्दै यस्ता थप पूर्वाधार विकासमा राज्य तथा निजीको ध्यानाकर्षण समेत गर्नुभयो ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटाले केबलकारको निर्माणपछि मन्दिरमा आउने दर्शनार्थीहरुको सङ्ख्या बढेको बताउनुभयो ।

उहाँले होटेलको सञ्चालनसँग मन्दिरमा आउने तीर्थालु तथा भक्तजनहरूको सङ्ख्या थप बढ्ने अपेक्षा समेत गर्नुभयो ।

आज उद्घाटन भएको मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको यस होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध  छन् ।

केबलकार सहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपो भूमिसहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरूसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

आइएमई ग्रुपले सात वटै प्रदेशमा केबलकार, होटेल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ ।

हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटेल सञ्चालनसँगै दुई वटामा होटेलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।

लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटेल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटेल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटेल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध  छन् ।

केबलकारसहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपो भूमिसहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरूसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास आइएमई ग्रुपले लिएको छ ।

आइएमई ग्रुपले सात वटै प्रदेशमा केबलकार, होटेल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ ।

हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटेल सञ्चालनसँगै दुई वटामा होटेलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।

लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटेल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटेल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटेल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x