सुन्दरनगरि बन्दीपुरमा निर्माण भइरहेको पर्यटन पूर्वाधारयुक्त केबलकार गुरुयोजना (बन्दिपुरिह्ल) अन्तर्गतका बटम स्टेसनको बाँग बगैँचा, पार्क र रेस्टुरेन्ट नयाँ वर्षको दिन देखि सर्वसाधारणको लागी व्यवसायीक रूपमा खुल्ला गरिने भएको छ ।
५६ रोपनी क्षेत्रफलमा फैलिएको आकर्षक सो स्टेसन विधिवत् रूपमा वास्तु पूजा गरी आफ्नो सेवा पस्कन सम्पूर्ण रूपमा तयार रहेको कम्पनीका भाइस प्रेसिडेन्ट किरण पोख्रेलले बताउनुभयो । रु.८६ करोड रुपैयाँमा निर्माण भएको सो बटम स्टेसनको आकर्षक उद्यान, रेस्टुरेन्ट, जिप लाइन, स्काई साईकिलिङ्ग लगायतका सेवा र जङ्गली जनावरको म्युजियम यस उद्यान भित्र रहेको छ । सो उद्यानमा प्रवेश गर्नको लागी प्रतिव्यक्ति रु.२००, मोटर साइकल रु. ३००, ट्याक्सी रु. ५००, माइक्रो बस रु. १००० र बस रु. १५०० को रुपैयाँको टिकट लिनुपर्नेछ । सो टिकट बराबर नै अफरमा रेस्टुरेन्टको सुविधा फ्रिमा लिन सकिने व्यवस्था कम्पनीले गरेको जनाएको छ ।
बन्दिपुर केबलकार एण्ड टुरिजम लि. को ब्रान्ड (बन्दिपुरिह्ल) अन्तर्गतको केबलकार सेवा समेत १ गते देखि नै विधिवत् सञ्चालन हुनेछ, तर यसमा १ गते देखि भने सर्वसाधरणहरुको लागी खुल्ला नगरी आन्तरिक कार्यको लागी मात्र खुल्ला गर्ने कम्पनीले जनाएको छ । बन्दिपुरिह्ल अन्तर्गत बन्दिपुर केबलकार एण्ड टुरिजम लि. – रु. ३ अर्ब ५८ करोड, बन्दिपुर स्काई वाक एण्ड रिक्रियशन प्रा.लि.– रु. १ अर्ब ५३ करोड, बन्दिपुर बैंङ्क्विट एण्ड इभेन्ट प्रा.लि. – रु. ३७ करोड, सिद्ध गुफा रोपवेज प्रा.लि. – रु. ८७ करोड र मिनरलस् वाटर उद्योग –रु. ४ करोड गरी जम्मा रु. ६ अर्ब ३९ करोड रुपैयाँको सम्पूर्ण परियोजना प्याकेज रहेको छ । सम्पूर्ण परियोजनाहरू सम्पन्न भई पूर्ण व्यवसायीक रूपमा सञ्चालनमा आउन भने अझै करिब २ वर्ष लाग्ने कुरा वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताउनुभयो ।
बन्दिपुरहिल वैशाख १ गते देखि आंशिक सञ्चालनमा आउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
66.67%

0.00%

0.00%

16.67%

16.67%

0.00%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en