केबलकार चढ्नुको मज्जा लुम्बिनी केबलकारमा


लुम्बिनी केबलकार सञ्चालन भएको करिब दुई वर्ष हुन लागेको छ । दैनिक ६ हजारको क्षमता रहेको लुम्बिनी केबलकारको यात्रामा दैनिक सयौँको सङ्ख्यामा यात्रुहरू आउने गर्दछन् । नेपालका विभिन्न जिल्लाहरूबाट मात्र होइन छिमेकी देश भारतका विभिन्न राज्यहरूबाट समेत दैनिक उल्लेख्य सङ्ख्यामा यात्रीहरू लुम्बिनी केबलकारको यात्रा गरिरहेको भेटिन्छन् । लुम्बिनी प्रदेशको पहिलो केबलकार लुम्बिनी केबलकार नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकाश भइरहेको छ भने पछिल्लो समय लुम्बिनी केबलकारले बुटवल मात्र नभई लुम्बिनी प्रदेशलाई नै दीर्घकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रको रूपमा पहिचान गराउन सक्ने सामर्थ्य बोकेको  देखिन्छ । लुम्बिनी केबलकारको यात्रा बुटवल गोलपार्क देखि करिब १ हजार मिटरको उचाइमा रहेको पाल्पाको वसन्तपुर डाँडा सम्म सञ्चालनमा रहेको छ । जुन दुरी केबलकारको यात्राबाट मात्र १२ मिनेटमा गर्न सकिन्छ ।

कुनै पनि पर्यटकीय यात्राले मानिसको हृदयमा अनुभूति, जोस र जाँगर पैदा गर्दछ । यात्रा आफैमा पनि एक शिक्षा प्राप्तिको माध्यम हो । त्यसैले यात्रालाई खुल्ला विश्वविद्यालयको रूपमा पनि परिभाषित गरिन्छ । मानव जीवनको लागि गास, बास, कपास जस्तै यात्रा, भ्रमण पनि एक अति आवश्यक पक्ष हो । आधुनिक समयमा सूचना प्रविधिको विकाश सगसगै मानिसले हरेक क्षेत्रका गतिबिधिहरुलाई सजिलै देख्न, बुझ्न सक्छ, तर  चेतना आर्जन गर्नका लागि र अनुभूति गर्नका लागि भने यात्रा अनिवार्य गर्नुपर्ने हुन्छ । टेलिभिजनको पर्दामा हेरिने खेल र स्वंम खेल मैदानमा उपस्थित भएर प्रत्यक्ष हेर्दा आउने अनुभूतिमा धेरै नै फरक हुने गर्दछ । यसरी नै जीवनका हरेक क्षेत्रका अनुभूति प्राप्त गर्नका लागि यात्रामा सहभागी हुनु अति नै आवश्यक रहेको हुन्छ ।

पछिल्लो समय नेपालमा केबलकार निर्माण हुने कार्यमा तीव्रता आएको छ । अहिले नेपालमा सञ्चालनमा रहेका केबलकारको सङ्ख्या लगभग ८ पुगेको छ । केही सङ्ख्यामा केबलकार निर्माणाधीन अवस्थामा रहेको पाइन्छ । नेपालमा निर्माण भएका केबलकारहरू मुलत भारतीय र यूरापेली प्रविधिबाट निर्माण भएका छन् । यसै मध्येको लुम्बिनी केबलकार युरोपेली प्रविधि अन्तर्गत अस्ट्रियाको डोपलमायर कम्पनीबाट निर्मित केबलकार रहेका छ । डोपलमायर कम्पनीले हाल सम्म विश्वभर १५ हजार भन्दा धेरै केबलकार निर्माण गरिसकेको र सय वर्ष भन्दा बढी केबलकार निर्माण गर्ने अनुभवी कम्पनी हो ।

केबलकारको यात्रा गर्दा स्थान विशेष अनुसार फरक–फरक अनुभूति प्राप्त हुने गर्दछ । यसै गरी लुम्बिनी केबलकारको यात्रा गर्दा पनि यस्तै फरक अनुभूति प्राप्त हुने गर्दछ । केबलकारको टप स्टेसनमा रहेको पाल्पाको वसन्तपुर डाँडा उचाइको हिसाबले चुरे पर्वत श्रृखलाको मध्य भागमा अवस्थित छ भने चुरेको उचाइको स्थान मध्येको एक अग्लो स्थानमा पर्दछ । पहाडको उचाइबाट तराईको समथर भूमिको दृश्यावलोकन गर्नुका साथै महाभारत पहाडको उचाइको अनुभूति गर्दै अन्नपूर्ण हिमाल हिमश्रृखला सम्मको अवलोकन गर्नु पाउनु, कुनै पनि प्रकृति प्रेमीको लागि अनुपम आनन्दानुभूतिको विषय बन्न सक्दछ । सदावहार बगिरहने तिनाउ नदी, चुरेको हरियो प्राकृतिक वनजंगल, दर्जनौँको सङ्ख्यामा कलकल बगिरहने पानीको मुहानहरू, कुनै पनि धुलोधुँवा र आवाज नआउने अटोमेटिक प्रणालीबाट चल्ने लुम्बिनी केबलकारको यात्राको अनुभूति अविस्मरणीय हुने गर्दछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x