१० हजार ५० कित्ता संस्थापक शेयर बिक्री गर्दै विजय लघुवित्त



विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले १० हजार ५० कित्ता शेयर बिक्री गर्ने भएको छन् । लघुवित्तका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।


यसमा १० वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले १० वैशाखबाट विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय गैँडाकोट नगरपालिका वडा नं. ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आइपुग्ने गरी आफूले खरिद गर्न चाहेको शेयर कित्ताकाे विवरण खुलाइ लिखित निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x