
लक्ष्मी सन्राइज बैङ्क लिमिटेडले यही पौष २४ गते २४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा पौष १६ गते (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेस हुने आर्थिक वर्ष (आ.व) २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व  २०८०/०८१ को नाफा-नोक्सान हिसाब तथा वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने छ भने आ.व २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ०.२६ प्रतिशतको दरले हुन आउने रकम बराबरको नगद  लाभांश (कर प्रयोजन सहित) र ५ प्रतिशतको दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने स्वीकृतको प्रस्ताव पनि पारित गर्ने छ ।
 
लक्ष्मी सन्राइज बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    