सिद्धार्थ बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल असोज २६ गते, बुधवार, दिउँसो ४:०० बजे बसेको सञ्चालक समितिको ४१८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ४.२१ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशतले हुन आउने रकम रु. ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने सिद्धार्थ बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ बैङ्क लिमिटेडले चुक्ता पुँजीको १२.५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.६६ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
सिद्धार्थ बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
