बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आगामी चैत २६ गते केवलकार एक दिनका लागि बन्द हुने जनाएको छ।
कम्पनीले जारी गरेको सूचनामा उल्लेख भएअनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी केबलकारको नियमित मासिक मर्मत–सम्भार कार्यका लागि सेवा बन्द रहनेछ। सेवालाई निरन्तर रुपमा गुणस्तरीय र सुरक्षित बनाउँदै लैजान मर्मत कार्य आवश्यक रहेको कम्पनीले स्पष्ट पारेको छ।
सेवा स्थगनका कारण यात्रु, पर्यटक, शेयरधनी तथा सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै, सबैको सहकार्यका लागि कम्पनीले हार्दिक अनुरोध गरेको छ।
त्यसदिन स्काई साइक्लिङ, जिपलाइन सेवा, ड्राइभ–इन रेष्टुरेन्ट लगायत अन्य सेवा भने नियमित रूपमा सञ्चालनमा रहने जानकारी पनि कम्पनीले दिएको छ।