दशैं उत्सव २०८१: असोज १९ देखि २४ गतेसम्म बन्दिपुरमा भव्य कार्यक्रम

यस वर्षको बडा दशैंको अवसरमा 'दशैं उत्सव २०८१' असोज १९ देखि २४ गतेसम्म बन्दीपुर केबलकारद्वारा भव्य रूपमा आयोजना हुने भएको छ। यो कार्यक्रमले दशैंको उल्लासलाई अझ विशेष बनाउँदै राष्ट्रिय र स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुतिहरू प्रस्तुत गर्नेछ।

कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरूका साथसाथै, स्थानीय लोकप्रिय कलाकारहरूले पनि स्टेजमा आफ्ना प्रस्तुतिहरू दिनेछन्। यससँगै, विभिन्न परिकारहरूको स्वाद चख्न फूड स्टलहरू हुनेछन्, जहाँ मौलिक खानपिनको विशेष व्यवस्था रहनेछ। कार्यक्रमले स्थानीय भेसभुसा, सांस्कृतिक प्रदर्शन, र स्थानीय उत्पादनहरूको हाटबजार पनि समेट्नेछ, जसले दशैंको अवसरमा स्थानीय व्यवसायीहरूलाई नयाँ अवसर प्रदान गर्नेछ। मनोरञ्जनको लागि फन पार्कसमेत रहने यस उत्सवमा, सबै उमेर समूहका व्यक्तिहरूले रमाइलो गर्न सक्नेछन्।

यस दशैं उत्सवको मुख्य उद्देश्य भनेकै दशैंको समयमा बन्दीपुरलाई एउटा छुटाउनै नहुने गन्तव्यको रूपमा स्थापित गर्नु हो। साथै, स्थानीय दर्शकहरूलाई विशेष मनोरञ्जन प्रदान गर्दै राष्ट्रिय स्तरका कलाकारहरूसँग स्थानीय प्रतिभाहरूलाई स्टेज साझेदारी गर्ने अवसर दिलाउन पनि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

बन्दीपुर केबलकारद्वारा आयोजना गरिएको यो कार्यक्रमले हरेक वर्ष दशैंमा अझै भव्य रूपमा स्थापित गराउने योजनासहित अघि बढिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x