बन्दीपुर केबलकार एंड टुरिजम लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

पर्यटकीय ग्राम बन्दिपुरमा निर्माणाधीन “बन्दीपुर केबलकार एंड टुरिजम लिमिटेडको” चौथो वार्षिक साधारण सभा यही २०८२ साल वैशाख ६ गते शनिवारका दिन सम्पन्न भएको छ | एक भव्य समारोह बिच केबलकारको बटम स्टेसनमा सञ्चालित साधारण सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले गर्नु भएको थियो | सभाको प्रमुख अतिथि तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य माननीय स्वर्णिम वाग्लेले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो | सभामा विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय हरि बहादुर चुमान, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगका कार्यवाहक अध्यक्ष माननीय जुद्ध बहादुर गुरुङ, बन्दिपुर गाउँ पालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, बन्दिपुर पर्यटन वर्ष २०२५ का संयोजक वैंश बहादुर गुरुङ, र आरकेडी समूहका सञ्चालक किरण पोख्रेलले शुभकामना मन्तव्य राख्नु भएको थियो | शुभकामना व्यक्त गर्ने क्रममा प्रमुख अतिथि देखि अतिथिसम्मले, परियोजना बन्दिपुर क्षेत्र र नयाँ पुस्ताको लागी अवलोकन अध्ययन गर्ने राम्रो “मञ्च” भएको र सबै यसका सेवाहरू उपभोग गरेर सफल पारि दिनु पर्ने धारणा राख्नु भयो |

बन्दिपुर जस्ता परियोजना अप्ठ्यारोमा पर्दा समग्र राष्ट्रमा नै नराम्रो सन्देश जाने भएकोले बन्दिपुरेहरुले आ-आफ्नो ठाउँ बाट पहल गरेर भए पनि यसको प्रवर्धन र संवर्द्धन गर्न पर्ने बिचार व्यक्त गर्नु भयो | साधारण सभाले अध्यक्ष द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धी प्रस्ताव र विशेष प्रस्तावको रूपमा प्रवन्धपत्र तथा नियमावली संशोधन, प्रारम्भिक सार्वजनिक निष्कासन IPO सम्बन्धी अद्यावधिक प्रस्ताव, रजिस्टर्ड कार्यालय परिवर्तन गर्ने प्रस्ताव, सञ्चालकहरूको पारिश्रमिक र बैठक भत्ता, सम्बन्धी प्रस्ताव, कम्पनीले गर्ने लगानी सम्बन्धी प्रस्ताव र कम्पनीको स्थिर सम्पत्ति, बिक्री एवं भाडामा दिने सम्बन्धी प्रस्ताव पारित गरेको छ | यसै गरी विविध प्रस्तावको रूपमा विभिन्न प्रकारका सङ्कल्प प्रस्तावहरू पारित गर्दै, साधारण सभा सभ्य र भव्य रूपमा सम्पन्न भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनु भएको छ |

बन्दीपुर केबलकार उद्यमशीलताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका तीन पत्रकारहरू डी.पी. अधिकारी, प्रकाश चन्द्र भट्टराई र साने बहादुर नेपाली कोइरालालाई जनही रु. ५१,००० नगद, प्रमाणपत्र, दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको कम्पनीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x