शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल असोज २३ गते, मङ्गलवारका दिन बसेको सञ्चालक समितिको २८० औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७९/०८० को चुक्ता पुँजीको ११.०५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० वितरणयोग्य मुनाफाबाट कायम चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३ रुपैयाँको ०.५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ०९१ रुपैयाँ बराबरको नगद लाभांश र १०.५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ०७ हजार ७३७ रुपैयाँ बराबरको बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र बैङ्कको साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र वितरण गर्ने शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
