कुमारी बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले ९ हजार ०५९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका तिन जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसभन्दा पहिले नै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा १९ जेठदेखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो बैङ्कले जानकारी दिएको छ ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १९ जेठबाट बैङ्कको शेयर रजिष्टार, कुमारी क्यापिटल लिमिटेड काठमाडौँ -१ नक्साल, नागपाेखरी वा कुमारी बैङ्क लिमिटेडको प्रधान कार्यालय टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै कुमारी बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
