एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।
बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा प्रस्तुत गर्दै छ । लाभांश प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ ।
एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
