प्रभु बैङ्क लिमिटेडले नेपाल टेलिकम तथा एनसेलसँग सम्झौता गरी आफ्नो मोबाइल बैङ्किङ सेवा DiGi Prabhu चलाउँदा ग्राहकको मोबाइलको डाटा खर्च नहुने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु बैङ्कले विशेष सुविधायुक्त “डाटा छैन ?, नो प्रोब्लम” योजना अन्तर्गत आफ्ना मोबाइल बैङ्किङ ग्राहकहरूले मोबाइलबाट प्रभु मोबाइल बैङ्किङ सेवा प्रयोग गर्दा मोबाइल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
बैङ्कले सञ्चालनमा ल्याएको विशेष सुविधायुक्त “डाटा छैन ?, नो प्रोब्लम” योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरूले मोबाइल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैङ्किङ (DiGi Prabhu) चलाउन सक्नेछन् । सो योजना अन्तर्गत प्रयोगकर्ताहरूले मोबाइल बैङ्किङका सबै सुविधाहरू जस्तै रकम ट्रान्सफर गर्न, विभिन्न किसिमका विल भुक्तानी, QR कोड भुक्तानी, मोबाइल टप–अप आदि प्रयोग गर्दा ग्राहकको मोबाइल डाटा खर्च हुनेछैन । चाडपर्व लक्षित सो योजना अन्तर्गतको विशेष सुविधा हालको लागि मिति २०८० भाद्र १५ गते देखि सुरु भई आगामी मिति २०८० मङ्सिर १५ गतेसम्म उपलब्ध हुनेछ । डिजिटल बैङ्किङको प्रयोगलाई बढवा दिन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने प्रयोजनका लाग सञ्चालनमा ल्याएको “डाटा छैन ?, नो प्रोब्लम” योजनाबाट ग्राहकहरूले अधिकतम लाभ लिन्छन् भन्ने बैङ्कले विश्वास लिएको बताएको छ ।
 
प्रभु मोबाइल बैङ्किङ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    