
नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण सीमा बढाएको छ। यसअघि अधिकतम १५ प्रतिशत मात्र लाभांश दिन पाउने व्यवस्था भए पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार जारी निर्देशनले उक्त सीमा २५ प्रतिशतसम्म पुर्याएको हो।
नयाँ नियमअनुसार लाभांश वितरण लघुवित्तको निष्क्रिय कर्जा (NPL) को दरमा निर्भर रहनेछ। निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तहरूले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्। त्यस्तै, ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा हुने संस्थाले २० प्रतिशत, १० देखि १५ प्रतिशत हुनेले १५ प्रतिशतसम्म मात्र लाभांश वितरण गर्न सक्नेछन्। तर, १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएका संस्थालाई लाभांश वितरण गर्न अनुमति नहुनेछ।
साथै, लाभांश वितरण गर्नका लागि पुँजी कोष अनुपात कम्तीमा ९ प्रतिशत कायम भएको हुनुपर्ने प्रावधान राखिएको छ। तोकिएको चुक्ता पुँजी नपुगेका लघुवित्तहरूले नगद लाभांश दिन नपाउने भए पनि बोनस सेयर वितरण गर्न भने सक्नेछन्।
यसअघि, १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न चाहने लघुवित्तहरूले प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र १५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने बाध्यताले गर्दा लाभांश सीमा १५ प्रतिशतमै सीमित भएको थियो।
 
लघुवित्तलाई अब २५ प्रतिशत सम्म लाभांश वितरण गर्ने अनुमति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    