साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २०१९ दशमलव ८५ को विन्दुमा कायम भएको छ। आज कूल २६५ कम्पनीहरूका ४८ लाख ६० हजार ७४१ कित्ता शेयर रु. १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १७ करोड ८९ लाख ३२ हजार २०२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. ६ करोड ७८ लाख ३२ हजार ८६४ बराबरको शेयर कारोबार भएको छ।
यता, एभरेष्ट बैङ्क लिमिटेडको रु. ४ करोड ४३ लाख ३९ हजार ०१३ कारोबार हुँदा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. ४ करोड १८ लाख २३ हजार २३८ र सोल्टी हाेटल लिमिटेडको रु. ४ करोड ०९ लाख ७२ हजार ५५२ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
