प्रभु बैङ्क लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बिच इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

प्रभु बैङ्क लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बिच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैङ्कका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैङ्क र भि.जि. इम्पेक्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार भि.जि. इम्पेक्स प्रा.लि. बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकहरूले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको कम्पनीले जानकारी दिएको छ । हाल बैङ्कको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैङ्कले जनाएको छ । सो सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैङ्कले विश्वास लिएको बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x