सरकारको आम्दानी र खर्चमा व्यापक असन्तुलन देखिएको छ । चालू आर्थिक वर्षको तथ्याङ्क हेर्दा सङ्कलित राजश्वले चालू खर्च मात्रै धान्न धौ धौ पर्ने देखिएको छ ।
साउन देखि ज्येष्ठ २७ गते सम्म विकास खर्च धेरै कम मात्र भएको देखिन्छ । यो अवधिमा विकास खर्च वार्षिक लक्ष्यको ३८.५८ प्रतिशत मात्र भएको हो । यो आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा सरकारले ८ खर्ब ६५ अर्ब रुपैयाँ आम्दानी गरेको छ भने खर्च ११ खर्ब ५४ अर्ब रुपैयाँ नाघेको छ।
चालू आर्थिक वर्षको हालसम्म विकास खर्च १ खर्ब ४६ अर्ब ७४ करोड ५० लाख भएको छ । सरकारले यस वर्ष विकास खर्च ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख विनियोजन गरेको थियो । ज्येष्ठ २७ गतेसम्म सरकारको कुल ६४.३८ प्रतिशत बजेट खर्च भएको छ । यता चालू खर्च भने ७३.०८ प्रतिशत भइसकेको छ।
सरकारले यो वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा अहिलेसम्म सङ्कलन भएको राजस्व लक्ष्यको ५८.६४ प्रतिशत मात्रै हो। यसरी हेर्दा बाँकी एक महिनामा लक्ष्य अनुसारको बाँकी राजस्व सङ्कलन नहुने देखिन्छ।
११ महिनामा मुस्किलले विकास खर्च वार्षिक लक्ष्यको ३८.५८% मात्रै, आम्दानी र खर्चमा व्यापक असन्तुलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
