साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ७ दशमलव २७ अङ्कले बढेर १९३९ दशमलव ६१ को विन्दुमा कायम भएको छ ।
दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९६ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ८.४८ प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले ७.३८ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले ७.०० प्रतिशतका दरले कमाएका छन् ।
यता, रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताहरूले ६.६४ प्रतिशतले गुमाउँदा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९४ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ (३.८९) प्रतिशत,सिटिजन्स म्युचुअल फण्ड २ (३.७७) र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ३.३९ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
