सामाजिक सञ्जालमा गरिएका विज्ञापनमा कर लाग्ने

अब सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्समा गरिएका विज्ञापनमा पनि करा लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्विटर, युट्युब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रिमिङ च्यानल’ले कारोबार मूल्यको दुई प्रतिशत कर भुक्तानी गर्नु पर्नेछ । 

आर्थिक विधेयक ०८० मा भनिएको छ,‘विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्ष अनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्नेछ । विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) लाग्नेछ ।’ 

नीति लागू गर्न सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गरिसकेको छ । कार्यविधि अनुसार विद्युतीय सेवा भन्नाले सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रूपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवा हो । 

कार्यविधि अनुसार वार्षिक २० लाख रुपैयाँभन्दा माथि कारोबार गर्ने कम्पनीको हकमा मात्रै करको नियम लागू हुनेछ । जसमा विज्ञापन, चलचित्र, टेलिभिजन, सङ्गीत, ओभर द टप (ओटीटी), तथ्याङ्क सङ्ग्रह, क्लाउड सेवा, गेमिङ, मोबाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्याङ्क, तस्बिरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिकालगायत सेवालाई समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x