छात्राका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ वितरण गर्न एक अर्ब ४२ करोड बजेट  

सरकारले विद्यालय स्तरका छात्राहरूका निम्ति वितरण हुँदै आएको ‘निःशुल्क स्यानिटरी प्याड’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि सरकारले एक अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । 

सो कार्यक्रमबाट मुलुकभरका १० लाख छात्रा लाभान्वित हुने सरकारको दाबी छ । त्यस्तै, सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिएको छ । यसका लागि सरकारले आठ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । दिवा खाजामा ‘जङ्क फुड’लाई भने प्रतिबन्ध लगाइएको छ । दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार पौष्टिक आहार उपलब्ध गराइने भनिएको छ । यसका कार्यक्रमबाट मुलुकभरका ३२ लाख विद्यार्थी लाभान्विते हुने सरकारको दाबी छ । 

सरकारले विपन्न वर्ग, दलित, सीमान्तकृत समुदायका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई पनि निरन्तरता दिएको छ । यसका लागि सरकारले ३ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको छ । यसबाट २६ लाख विद्यार्थी लाभान्वित हुने सरकारको अनुमान छ । त्योसँगै मुसहर, डोम र चमार विद्यार्थीहरूलाई चिकित्सातर्फको उच्च शिक्षामा प्रदान गरिँदै आएको छात्रवृत्तिलाई पनि निरन्तरता दिइएको छ । 

शैक्षिक सत्र सुरु हुन अघि नै विद्यार्थीको हातमा निःशुल्क पुस्तक पु¥याउन ३ अर्ब ५८ करोड बजेट विनियोजन भएको छ । यस क्रममा विद्यार्थीलाई विद्युतीय कपि पनि उपलब्ध गराइनेछ । त्यस्तै, औपचारिक शिक्षा प्रणालीमा आबद्ध नभएका गुरुकुल, मदरसा र गुम्बा लगायतका परम्परागत शिक्षालाई औपचारिक शिक्षा प्रणाली जोड्ने सरकारले तयारी गरेको छ । त्यस बाहेक संकेतिक भाषा र ब्रेल लिपिको पाठ्यपुस्तक पनि निःशुल्क उपलब्ध गराइनेछ । दरबन्दी नभएका माध्यमिक तथा आधारभूत विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकको व्यवस्था गर्न ३ अर्ब ६९ करोड विनियोजन गरेको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x