धितोपत्र बजारमा ८२ करोड माथिको कारोबार, नेप्से १८८५.६० को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर १८८५ दशमलव ६० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ अङ्कले घटेर ३५९ दशमलव १३ को विन्दुमा पुगेको छ ।

आज कूल २६५ कम्पनीहरूका २७ लाख ३४ हजार ३०७ कित्ता शेयर रु. ८२ करोड ८५ लाख ३४ हजार ०३६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटेल तथा पर्यटन उपसमूह ११ दशमलव ०७ अङ्कले बढेको छ । यता बैङ्किङ उपसमूह १६ दशमलव ७१ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ३५ दशमलव ९८ अङ्कले, वित्त उपसमूह ३२ दशमलव ३० अङ्कले, जलविद्युत उपसमूह २७.९४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ५२ अङ्कले, जीवन बिमा उपसमूह ११८.७४ अङ्कले, उत्पादन उपसमूह १४.३९ अङ्कले, लघुवित्त उपसमूह २९.०८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०१ अङ्कले, निर्जीवन बिमा २९.५४ अङ्कले, अन्य उपसमूह १.९९ अङ्कले र ट्रेडिङ उपसमूह ३१.२३ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x