चन्द्रागिरि हिल्सको नव वर्ष अफर: एक वर्षको लागि २५ प्रतिशतसम्म छुट

चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई  केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको सो कम्पनीले बताएको छ । 

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्ने सोही कम्पनीले जानकारी दिएको छ। यो योजना एक वर्षको लागि लागू रहने सो कम्पनीले जनाएको छ । 

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यको रूपमा रहेको छ । 

यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई सन्ध्याकालीन केबलकारको टिकट समेत प्रदान गरिने पनि सो कम्पनीले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x