धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर २५२९ दशमलव ३३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ०२ अङ्कले घटेर ४५४ दशमलव ४० को विन्दुमा पुगेको छ ।
आज कूल ३२९ कम्पनीहरूका १ कराेड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर रु. ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।
बैङ्किङ उपसमूह १८ दशमलव ७८ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १२६ दशमलव ०५ अङ्कले, वित्त उपसमूह १६७ दशमलव ९६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २१२.०६ अङ्कले, जलविद्युत उपसमूह ९२.६१ अङ्कले, लगानी उपसमूह २.८८ अङ्कले, जीवन बिमा उपसमूह २९६.३९ अङ्कले, उत्पादन उपसमूह १२३.९८ अङ्कले, लघुवित्त उपसमूह १२४.८९ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १० अङ्कले, निर्जीवन बिमा ३५१.८५ अङ्कले, अन्य उपसमूह ४३.९२ अङ्कले र ट्रेडिङ उपसमूह १४१.८४ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ५९.०२ अङ्कको गिरावट, नेप्से २५२९.३३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%