एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी तथा सञ्चालकमा दिनेश भारी नियुक्त

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैङ्क लिमिटेडको मिति २०७९/११/०५  गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार मिति २०७९/११/०५ बाटै लागु हुने गरी सन्तोष कुमार राठी र दिनेश भारीलाई  संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाएकोमा साे लघुवित्त वित्तीय संस्थाको मिति २०७९/११/०८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उहाँहरूलाई नियुक्त गरेको छ । साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरूको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठीलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । उक्त पदमा यस अघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैङ्क लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आई रहनुभएको थियो ।

नवनियुक्त सञ्चालक (अध्यक्ष) सन्तोष कुमार राठीले मिति २०७९/११/०८ गते प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गर्नु भएको छ भने सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गर्नु भएको छ । सन्तोष कुमार राठी र दिनेश भारी  हाल एन आई एशिया बैङ्कमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत हुनुहुन्छ । सन्तोष कुमार राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने दिनेश भारीको कानुन तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ । साे संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले १६६औँ सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ्ग अनुभव प्राप्त व्यक्तिहरूलाई संस्थाको सञ्चालकका रूपमा स्वागत गरेका थिए । साथै, उहाँहरूको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरू माझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x