अब आइएमई पे मार्फत सजिलै ट्राफिक फाइन तिर्न मिल्ने

आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने भएकाे छ ।

ग्राहकहरूलाई विभिन्न सेवाहरूको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी, ट्राफिक फाइन भुक्तानी आइएमई पे मार्फत गर्न सकिने जानकारी दिएको छ ।

ग्राहकहरूले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरेको कम्पनीले जानकारी दिएको छ । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गई सुचीमा देखाइएको ट्राफिक फाइनमा गई मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्ने सोही कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x