नारायणी डेभलपमेन्ट बैङ्क १ करोड ६६ लाख रुपैयाँ घाटामा

नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको घाटा १७७.२० प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्क ५९ लाख ९८ हजार रुपैयाँ घाटामा गएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्क १ करोड ६६ लाख रुपैयाँ घाटामा गएको देखिन्छ ।

२६ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडले ५३ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्कको जगेडा कोषमा ११ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैङ्कको सञ्चित मुनाफा २५ करोड ८ लाख रुपैयाँले घटामा देखिन्छ ।


नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४३८.०३ प्रतिशतले बढेर ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ । सो बैङ्कको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५३ रुपैयाँ २३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ४६९ को आधारमा मूल्य आम्दानी अनुपात ८९.२९ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x