नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफामा ७३.०८ प्रतिशतको वृद्धि

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको नाफामा ७३.०८ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले ४४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले ७६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्कको जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । सो बैङ्कको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. २५३ को आधारमा मूल्य आम्दानी अनुपात ३५.६८ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x