चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

चन्द्रागिरि हिल्स लिमिटेडको मिति २०७९ पौष २१ गते बसेको १३ औँ वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार वर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा क्रमशःहेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ तथा दिलीप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

साथै सोही दिनमा बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रूपमा चन्द्रागिरि हिल्सको परिकल्पना गर्नु भएको थियो ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा साे कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x